विजयपुर । महाङ्काल शनिदेव मन्दिर व्यवस्थापन समितिले फागुन २८ गते श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् शिवपुराण तथा मार्कण्डेय पुराण लगाउने भएको छ ।
बिहीबार आयोजक समितिले पत्रकार सम्मेलन गरी सप्ताह ज्ञान महायत्र शिव पुराण तथा मार्कण्डेय पुराणबारे जानकारी दिएको हो । समितिका अध्यक्ष राजकुमार निरौलाले मन्दिरको भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले पुराण गर्न लागिएको बताए । उनले तीन कुने दक्षिण सडक–खण्डमा दुर्घटना हुने गरेकोले शान्तिका लागि पनि पुराण आयोजना गरेको बताए ।
मिडिया प्रचार–प्रसार संयोजक कोपिला भट्टराईले विकासमा राज्यको मात्रै आश नगरी धार्मिक संस्थाले विकास गर्न सकिने बताइन् । उनले उनले भवनसँगै शौचालय निर्माण गर्ने उद्देश्य रहेको बताइन् ।
पुराणको सुरुवात फागुन २८ गते हुनेछ भने चैत ३ गते समापन गरिनेछ । पुराणमा वृन्दावन गौशालाका पीठाधीश दीनबन्धु शास्त्रीद्वारा कथा प्रवचन गरिने छ । आचार्य तुलसी भण्डारी, भवानी भट्टराई, बद्री निरौलाले कथा वाचन गर्नेछन् ।