हङकङमा अटिजम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार नेपाली बाबु आमा र छोराछोरीको क्लब हङकङले आयोजना गरेको सो कार्यक्रममा सामाजिक अभियन्ता तथा विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रकी संस्थापक अध्यक्ष सबिता उप्रेतीले अटिजम बारे जानकारी गराएकी थिईन् ।

हङकङको चुनवान स्थित रितीरिवाज क्लबमा भएको उक्त जनचेतनामूलक कार्यक्रममा बालबालिकाका अभिभावकहरु सहभागी थिए ।

jj

क्लबका अध्यक्ष मणिकुमार लिम्बुको अध्यक्षता र प्रस्तोता उप्रेतीको प्रमुअ आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाली महावाणिज्य दुतावासका वाणिज्यदुत सतिस गुरुङ, अतिथिमा कार्यक्रमका प्रायोजक जीतकणर् राई रहेका थिए । संस्थाका उपाध्यक्ष रमेशकुमार काम्वाङले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रमको सञ्चालन कैलाश इवारमले गरेका थिए ।