धरान । भोजपुरको हतुवागढी गाउँपालिका–७ पिप्लेमा आगलागीमा परी तीन जना बालबालिकाको ज्यान गएको छ ।
शनिबार साँझ स्थानीय धनबहादुर कार्कीको ग्वालीमा भएको आगलागीमा कार्कीका २ नाति र एक नातिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा केदार कार्कीका ४ वर्षीय छोरा प्रनिष कार्की, रमेश कार्कीका ३ वर्षीय छोरा युनिस कार्की र ७ वर्षीया छोरी दीपशिखा कार्कीको ज्यान गएको स्थानीय रमेश हतुवालीले जानकारी दिएका छन् ।
परालको कुन्युबाट आगो लागेर घरमा सल्किएको स्थानीयले जानकारी दिएका छन् ।