धरान । मोरङको धनपालथान गाउँपालिका ७ का राजकुमार सिंहको खेतको गोठबाट मोरङ प्रहरीले बिहीबार चार बोरा गाँजा बरामद गरेको छ । 

gaja_arrested (1)

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले एक हजार पाँच सय ४८ किलो गाँजा बरामद गरेको हो । एसपी नवराज कार्कीसहितको टोलीले विशेष सूचनाका आधारमा गोठमा लुकाईछिपाई राखेको अवस्थामा गाँजा बरामद गरेको हो ।

प्रहरीले गोठ धनी सिंहलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिई मोरङ जिल्ला अदालतबाट म्याद थप गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय रङ्गेलीमा राखी अनुसन्धान भइरहेको छ ।