इटहरी/इटहरीबाट सञ्चालित डिजिटल पत्रिका प्रदेश खबर डट कम अनलाइनले आफ्नो स्थापनाको अवसर पारेर सुनसरीका सक्रिय सञ्चारकर्मीहरूको निःशुल्क बिमा गरिदिने भएको छ ।
तेस्रो वर्ष प्रवेशको अवसरमा सुनसरीका सक्रिय सञ्चारकर्मीहरूको निःशुल्क बिमा गरिदिने भएको नयन एड्भरटाइजिङ मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । बुधबार एक विज्ञप्ति जारी गर्दै नयन एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित डिजिटल पत्रिकाले सञ्चारकर्मीहरूको सुरक्षा र हौसला अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क दुर्घटना बिमा गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
उक्त बिमा योजनाका लागि इच्छुक सञ्चारकर्मीहरूले अनिवार्य रूपमा नागरिकताको प्रतिलिपि, आबद्ध मिडिया हाउसको परिचयपत्र वा मिडिया हाउसको सिफारिस पत्र पठाउनुपर्ने जनाएको छ । उक्त कागजपत्रहरू प्रदेश खबरको इमेल आइडी [email protected] मा पठाउन सकिने जनाइएको छ । यसै अवसरमा प्रदेश खबर डट कमले फागुन ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ । सो अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गरिने बताइएको छ ।