वराहक्षेत्र । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ कोशीपुल नजिक पिकअप भ्यानले ठक्कर दिँदा एकको ज्यान गएको छ ।

सोमबार दिउँसोतिर कोशीपुलबाट झण्डा चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ५४७९ नम्बरको पिकअप भ्यानले प्रदेश १–०२–०५१ प ४९९५ नम्बरको स्कुटीलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको हो । मृत्यु हुनेमा धनकुटा सहिदभूमि गाउँपालिका(१ त्रिवेणीका अन्दाजी २५ वर्षीय  सुमन राई छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरी सञ्चार शाखाका अनुसार अनुहार, टाउको, शरीरको अन्य भागमा चोट लागी गम्भीर घाइते भएका राईलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान घोपा, धरान पठाइएको थियो । उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

भ्यान र पिकअप चालक जिल्ला उदयपुर बेलका नगरपालिका–३ का २१ वर्षीय सविन साह तेलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा ल्याई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।