धरान । सुनसरी धरान उपमहानगरपालिका–९ स्थित विष्णु मेमोरियल स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट जीपीए प्राप्त गर्ने एक विद्यार्थीलाई नगद एक लाख रुपैयाँले पुरस्कृत गरिएको छ ।
शैक्षिक सत्र २०८० सालको परीक्षामा चार जीपीए ल्याएकी गृष्मा लुइँटेललाई नगद प्रदान गरिएको हो । उनको नगद पुरस्कार बुबामार्फत् प्रदान गरिएको स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । उक्त रकमसहितको चेक राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनले विद्यार्थीका बुबालाई हस्तान्तरण गरे ।
प्रिन्सिपल
श्रेष्ठका अनुसार धरानबाट चार जीपीए ल्याउने पहिलो विद्यार्थी हुन् । उनलाई
प्रोत्साहनका लागि रकम प्रदान गरिएको हो । स्कुलले यसअघि नै चार जीपीए
ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहनका लागि एक लाख रुपैयाँ रकम प्रदान
गर्ने घोषणा गरेको थियो ।
पूर्व घोषित कार्यक्रमअनुसार यहीबेला नेपाली
वैज्ञानिक पुनको धरान भ्रमण रहेको मौका पारी रकम प्रदान गरिएको प्रिन्सिपल
श्रेष्ठले जानकारी दिए ।