सुनसरी । सुनसरीको झुम्का कारागारका एक कैदी मृत भेटिएका छन् ।
सुनसरीको बर्जु गाउँपालिका–५ का ३५ वर्षीय प्रदीप यादव शनिबार दिउँसो शौचालयमा मृत भेटिएका हुन् । उनी झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर दिनेश अधिकारीका अनुसार शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोले रिपोर्ट आउन केही दिन लाग्नेछ ।
घटना लगत्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू कारागार पुगेका थिए । मृतक यादव कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई २०७६ भदौ १ गतेबाट कैद भुक्तान गरिरहेको कारागार प्रशासनका निमित्त प्रमुख राम निरौलाले जानकारी दिए ।
यस्तै झापामा एक प्रहरी जिल्ला प्रहरी कार्यालय झापा परिसरभित्रै मृत अवस्थामा भेटिएका छन् । भोजपुर टेम्केमैयुङ गाउँपालिका–४ स्थायी घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्दै आएका जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सइ ४९ वर्षीय धनराज खतिवडा मृत भेटिएका हुन् ।
उनी भद्रपुर नगरपालिका–८ स्थित कार्यालयको तीनतले
ब्यारेकको माथिल्लो तलामा रहेको पानी ट्याङ्कीमा जाने फलामको भ¥याङमा
झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र आफन्तलाई पनि जानकारी गराइसकिएको प्रहरीले
जनाएको छ ।