पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–५ का निवर्तमान वडाध्यक्ष यामबहादुर बोहोराले आफ्नो बुबाआमाको स्मृतिमा सुनौलो हजार दिनका महिलाहरूलाई झुल वितरण गरेका छन् ।

कुम्मायक–५ का साविक टोलका ८७ जना सुनौलो हजार दिनका महिलाहरूलाई झुल वितरण गरेका हुन् । स्व. बुबा पूर्णबहादुर बोहोराको ५१ औं र आमा पूर्णमाया बोहोराको २७ औँ स्मृति दिवसको अवसरमा वडाका स्वयम्सेविका र सुनौलो हजार दिनका गरी ९६ जना महिलाहरूलाई झुल वितरण गरेका थिए । सुनौलो हजार दिनका आमा र बच्चालाई डेङ्गु, लामखुट्टेको सङ्क्रमणबाट जोगाउन निःशुल्क झुल वितरण गरेको बोहोराको भनाइ छ ।