वराहक्षेत्र । वराहक्षेत्र–७ बाङ्गे बजारका स्थानीयले सडक स्तरोन्नतिका लागि ध्यानाकर्षण गराएका छन् ।
स्थानीय बजारदेखि वडान नं. ६ को महेन्द्र गेटसम्म रहेको धुलाम्य बाटोलाई तत्काल मर्मत गर्न सोमबार ज्ञापन–पत्र बुझाइएको बाङ्गेबजार विकास समितिका अध्यक्ष खगेन्द्र दाहालले बताए ।
६० फिट चौडाइ भएको करिब २ किलोमिटर सडकमा उड्ने धुलोले स्थानीयवासी वाक्क भएका छन् । अघिल्लो स्थानीय सरकारलाई नै ध्यानाकर्षण गराइए पनि बेवास्ता गरेको उनले बताए ।
सोही क्षेत्रमा उपप्रमुख नन्दकुमारी राई र वडाध्यक्ष कपिल आचार्यको पनि बसोबास रहेको छ । ज्ञापन–पत्र बुझाउँदासमेत प्रमुख रमेश कार्कीले बेवास्ता गरेको दाहालले बताए ।
यता वराहक्षेत्र नगरपालिका रमेश कार्कीले सो सडकको लागि कोशी प्रदेशको १० लाख र नपाको ५० लाख बजेट छुट्याइएको बताएका छन् । ठेक्का नै लागिसकेको बताउँदै अब चाँडै काम हुने उनले बताए ।