वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगितामा २ नम्बर वडा उपाधि नजिक पुगेको छ ।
शनिबारको खेलमा १० नम्बर वडालाई १–० गोलले हराउँदै उपाधि होडमा पुगेको हो । खेलमा दिपेश तामाङले निर्णायक गोल गर्दै उपाधि नजिक पु¥याए ।
आज (आइतबार) अन्तिम सेमिफाइनलमा ९ र ५ नम्बर वडाबीच प्रतिस्पर्धा हुँदै छ । खेलको म्यान अफ द म्याच दिपेशलाई वडा २ का सदस्यद्वय चुनु श्रेष्ठ र सिर्जना परियारले नगद २ हजार एक सय रुपैयाँसहित ट्रफी प्रदान गरे ।