धनकुटा । धनकुटामा  पहिलो पटक १५ दिन लामो भलिवल उत्सव शुक्रवार देखी शुरु भएको छ । जिल्ला भलिबल संघ धनकुटाले सदरमुकामको तल्लो टुँडिखेलमा भलिवल उत्सव पहिलो पटक आयोजना गरेको हो ।

नयाँ खेलाडी उत्पादन र भलिवल खेलप्रति आकर्षण बढाउान उत्सव कै रुपमा १५ दिनसम्म प्रतियोगिता आयोजना गरिएको जिल्ला भलिवल संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले बताए । पन्ध्र दिनसम्म सञ्चालन हुने भलिवल उत्सवमा धनकुटाका सात स्थानीयतहका ६० वटै वडाबाट भलिवल खेलाडीको टीम सहभागि हुने बताइएको छ । 

शुक्रवारसम्म २० ओटा वडाका भलिवल खेलाडी सहभागि हुने गरी ४३ खेलको तालिका सार्वजनिक गरिएको छ । यस्तै ७ वटा स्थानीयतहबाट सहभागी महिला भलिवलका ६ वटा टिम विच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी टिमले ५० हजार, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोश्रो स्थान जित्नेले ३० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । 

यसैगरी भलिवन उत्सवसंगै दुनाटपरी बनाउने प्रतियोगिता, शंख वजाउने प्रतियोगिता, चोयाको डोको बुन्ने प्रतियोगिता, ५ किलो मिटर सडक दौड आदि पनि आयोजना हुने आयोजक संस्थाका अध्यक्ष कार्कीले बताए ।