भद्रपुर । ट्याङ्करको ठक्करबाट कन्काई नगरपालिका–८ स्थित घाग्रा पुलमा साइकलयात्रीको ज्यान गएको छ । 

मङ्गलबार बिहान अन्दाजी ७ बजे घाग्रा पुलस्थित पूर्व–पश्चिम राजमार्गमा केर्खाबाट बिर्तामाडतर्फ आउँदै गरेको ना.७ ख २९९७ नम्बरको ट्याङ्करले सोही दिशातर्फ आउँदै गरेको साइकलयात्री अर्जुनधारा नगरपालिका–५ बस्ने अन्दाजी ५५ वर्षीय लेखनाथ सापकोटालाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

घटनापछि मृतकको शवलाई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जनाए । घटनामा संलग्न ट्याङ्कर जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र चालक झापा कमल गाउँपालिका–१ बस्ने ४६ वर्षीय भीमबहादुर कोइरालालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको उनले जानकारी दिए ।