भद्रपुर । पहाडी जिल्ला ताप्लेजुङबाट झापाको बिर्तामोड आएको गाडीबाट प्रहरीले लाखौंको सामान बरामद गरेको छ ।
सवारी चेकजाँचमा खटिएका सुरक्षाकर्मीले मङ्गलबार ५ लाख रुपैयाँभन्दा बढीको बिल विजक नभएको अवैधरूपमा ल्याइएको कस्मेटिक सामान बरामद गरेको हो ।
बुद्धशान्ति गाउँपालिका वडा नं. ४ बर्ने चिया बगानस्थित मेची राजमार्गमा विभिन्न सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज ३४४९ नम्बरको यात्रुवाहक बोलेरो गाडीलाई चेकजाँच गर्दा बिलविना अबैधरूपमा ल्याएको अन्दाजी ५ लाख ३४ हजार ७ सय ४५ बराबरको विभिन्न कस्मेटिक सामानहरू फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ती सामानहरू नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुधबारेमा राखी बुधबार मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।