धरान । मोरङ उद्योग व्यापार सङ्घले आइतबार आयात–निर्यात नीति सुदृढीकरण तथा सुव्यवस्थापन विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँसँगको सहकार्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष अनुपम राठीले उद्योग र व्यवसाय क्षेत्रको आयात–निर्यातको विद्यमान अवस्था, समस्याहरू र तीनका समाधानका उपायहरूबारे अवगत गराउँदै सुझाव पत्र प्रस्तुत गरे । 

अध्यक्ष राठीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव अच्यूत ढुङ्गानासमक्ष पेश गरे । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका शाखा अधिकृत गणेश पाण्डे, कोशी प्रदेश अधिकृत चन्द्रबहादुर कार्की, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख हितेश बस्नेतलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।