विजयपुर । सुनसरीका विभिन्न स्थानबाट ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी गाउँपालिका–१ स्थित भन्सार गेट क्षेत्रमा चेकजाँचका क्रममा २.२४ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार चेकजाँचका क्रममा रामधुनी नगरपालिका–३ का १८ वर्षीय अर्जुन मल्लीकबाट २.०३ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो । त्यसैगरी, भोक्राहा नरसिंह गाउँपालिका–५ निवासी १९ वर्षीय मो. उजिर आलम र रामधुनी नगरपालिका–२ निवासी २२ वर्षीय मो. जुवेरलाई चेकजाँच गर्दा मो. जुवेरको साथबाट ०.२१ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको लागूऔषधको कुल परिमाण २.२४ ग्राम रहेको छ । पक्राउ परेका तीनै जनालाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ ।