श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असार ४ गते बिहीबार, १८ जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको चतुर्थी तिथि ०७ः२२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पुष्य ११ः५३ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः०८ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ । मिहिनेतले इनाम आर्जन गर्न सकिनेछ। 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बेसुरमा काम गर्ने बानीले मिहिनेत खेर जान सक्छ। प्रक्रिया नमिल्नाले पनि काम दोहो¥याउनु पर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विभिन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साँझतिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ। सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । कला र व्यक्तित्व निखार्ने समय छ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।  स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।