विजयपुर । दशौँ राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिपमा सुनसरीको महिला बास्केटबल टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार काठमाडौँमा सम्पन्न खेलमा सुनसरीले आइएस नेपाललाई ३६–३८ को साँघुरो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । यसअघि मंगलबार काठमाडौँस्थित लेट्स गो टिमसँगको खेलमा सुनसरीकी कप्तान डा. आशा राई ‘म्यान अफ द म्याच’ घोषित भएकी थिइन् ।