विजयपुर । तेस्रो “धरान मेयर कप” स्कुल ओलम्पिक फेस्टिभल–२०८३ तीन दिनपछि हुने भएको छ ।
लगातारको वर्षा र प्राविधिक कठिनाइका कारण प्रतियोगिता केही दिन पछाडि सारिएको हो । धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईद्वारा जारी विज्ञप्तिअनुसार आगामी असार १० गतेदेखि सञ्चालन हुने भनिएको प्रतियोगिता अब असार १३ गतेदेखि २० गतेसम्म सञ्चालन गरिनेछ । उक्त खेलकुद महोत्सवको आयोजना धरान खेलकुद मञ्चले गर्नेछ भने धरान उपमहानगरपालिकाले समन्वय गर्नेछ । यसअघि प्रतियोगिता असार १० देखि १७ गतेसम्म सञ्चालन हुने तय गरिएको थियो । आयोजकले लगातारको वर्षा र प्राविधिक समस्याका कारण निर्धारित समयमा कार्यक्रम सञ्चालन गर्न असम्भव भएको जनाएको छ ।