श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल भदौ ३ गते बुधबार, १९ अगष्ट २०२६, रौद्रनाम संवत्सर। श्रावण शुक्लपक्षको सप्तमी तिथि ०७ः३८ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र स्वाती ०७ः०४ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः३६ बजे र सूर्यास्त ०६ः३८ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। विजय प्राप्त हुनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। काम बनाउन सकिनेछ। मिहिनेतले प्रतिद्वन्द्वी परास्त हुनेछन्।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक लाभ हुने विशेष काम शुभारम्भ गर्ने समय छ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ।अवसर प्राप्त भए पनि तत्काल फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले समस्या सुल्झनेछन्। कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। कृषि तथा पशुधनबाट लाभ मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भङ्ग हुनसक्छ। महŒवाकाङ्क्षी योजना प्रारम्भ हुने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थिति अनुकूल हुनेछ र लगनशीलताले लक्ष्यमा पु¥याउनेछ। छोटो समयमै फाइदा उठाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरूले काममा साथ दिनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
थोरै लगानीबाट नाफा कमाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। वैदेशिक यात्राको कार्यमा सफलता मिल्नेछ ।