श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल भदौ ५ गते शुक्रबार, २१ अगष्ट २०२६, रौद्रनाम संवत्सर। श्रावण शुक्लपक्षको नवमी तिथि ११ः५२ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र अनुराधा १२ः०७ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः३६ बजे र सूर्यास्त ०६ः३७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आयआर्जनका स्रोत बढ्नेछन् । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। कर्मयोग अघि बढ्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दिगो काममा लगानी गर्ने मौका छ। पहिलेको नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आंशिक लाभांश अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। तापनि परिश्रमको फल प्राप्त हुने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापारमा पनि राम्रै फाइदा हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महŒवाकाङ्क्षी काम बन्नेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दाम कमाउने अवसर प्राप्त हुनेछ । कर्तव्यपरायण रहनुहोला। उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। अरूका लागि काममा जुट्नु पर्नेछ। लक्ष्यमा पुग्न सङ्घर्ष गर्नुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लगनशीलताले मात्र आंशिक सफलता प्राप्त हुनेछ। अरूको उपकार गर्न सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पु¥याउनु होला। बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मिहिनेतको प्रतिफल भने प्राप्त हुनेछ। समस्या दर्शाउँदा शुभचिन्तकहरूको साथ–सहयोग पाइनेछ।