श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल भदौ ६ गते शनिबार, २२ अगष्ट २०२६, रौद्रनाम संवत्सर। श्रावण शुक्लपक्षको दशमी तिथि भोलि ०२ः१५ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र ज्येष्ठा ०३ः०२ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः३७ बजे र सूर्यास्त ०६ः३५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ जिम्मेवारी प्राप्त हुने समय छ। सामाजिक काममा रुचि बढ्नेछ। रोकिएको कामले पनि निकास पाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहो¥याउनु पर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। गोप्य सूचना बाहिरिनाले काम दोहो¥याउनु पर्ने हुनसक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम बन्न समय लागे पनि सकारात्मक सङ्केत प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेका कामबाट मनग्य लाभ हुनेछ। उठ्नुपर्ने रकम प्राप्त हुनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला। तापनि आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन्।