श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल भदौ १५ गते सोमबार, ३१ अगष्ट २०२६, रौद्नाम संवत्सर। भाद्र कृष्णपक्षको तृतीया तिथि ०९ः०६ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र रेवती भोलि ०३ः३६ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः४२ बजे र सूर्यास्त ०६ः२५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। केही पाउन केही वस्तु त्याग्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दोहो¥याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ। आवश्यक पर्दा सापट वा कर्जामार्फत् धन जुटाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन तथा लाभांश अरूका लागि खर्चनुपर्ला। पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ। व्यापारमा मनग्य आयआर्जन हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सञ्चित धन उपयोग गरेर पनि फाइदा लिन सकिनेछ।आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जीवनशैली व्यस्त रहनेछ र सेवामूलक काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूको सहयोगमा जुट्नुपरे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका कामसमेत सम्पादन हुनेछन्। कामले नयाँ जिम्मेवारी दिलाउन सक्छ।