श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल भदौ २४ गते बुधबार, ९ सेप्टेम्बर २०२६, रौद्रनाम संवत्सर। भाद्र कृष्णपक्षको त्रयोदशी तिथि ११ः४७ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र अश्लेषा १५ः४२ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः४६ बजे र सूर्यास्त ०६ः१४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। परिबन्दले काममा बाधा पु¥याउन सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समयमा वचन पु¥याउन नसक्दा आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आयस्रोत कमजोर रहनेछ।पहिलेको सफलताले महŒवाकाङ्क्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भेटघाट र खानपानमा समय बित्नेछ। केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानातिना घरेलु कामले अल्झाउन सक्छ। सहयोगीबाट असहयोग हुनसक्छ। आहारविहारमा ध्यान दिनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हतारमा निर्णय लिँदा काम दोहो¥याउनु पर्ने हुनसक्छ। तापनि दिगो काम सुरु गर्ने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बेलामा होस नपु¥याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।