श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल भदौ २५ गते बिहीबार, १० सेप्टेम्बर २०२६, रौद्रनाम संवत्सर । भाद्र कृष्णपक्षको चतुर्दशी तिथि १०ः०४ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र मघा १४ः४७ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः४६ बजे र सूर्यास्त ०६ः१२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ने हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। दिन राम्रोसँग बित्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईष्र्यालु मन भएकाहरूले सताउनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। समयमा होस नपुग्नाले अनायासै व्यवधान देखापर्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा सामान्य धनलाभ नै हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन रमाइलो रहनेछ।प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हिम्मतले काम बनाउन सकिनेछ। पेसा–व्यवसायमा उपलब्धि प्राप्त हुनेछ। सानो प्रयत्नले फाइदा दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। तर, दिउँसोदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। अरूले फाइदा उठाउने कोशिस गर्लान्।