Durga-Tiwari-1धरान / युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएको छ । देवदह– ६ खैरेनीमा घरनजिकै अज्ञात समूहले प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएका तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी बेलबहादुर पाण्डेका अनुसार तिवारीको छातिमा गोली लागेको  दैनिक नेपालले जनाएकाे छ  ।‘थप उपचारका लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको बेला अध्यक्ष तिवारीको देवदह मेडिकल कलेजमा उपचारका निधन भएको छ,’ युवा संघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङले बताए ।