विराटनगर /  तिलक स्वरूप २ लाख रुपैयाँ नदिएको विषयलाई लिएर विराटनगर महानगरपालिका – ११ पिचरास्थित माइती घर भएकी २२ वर्षीय रन्जना सहनी (बहरदार) को हत्या भएको छ । शुक्रबार राती भारत अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा उनको हत्या भएको हो ।
हत्या भएको दुई दिनपछि आइतबार विहान सिमावर्ती बजार जोगवनीदेखि करिब ३ किलोमिटर दक्षिण भवानीपुरस्थित ‘परमान’ खोलामा रन्जनाको शव फेला परेको जोगवनी प्रहरी चौकीका इन्र्चाज अफताब अहमदले जानकारी दिए । मृतकको अनुहार र शरिरको विभिन्न भागमा चोटपटक लागेको छ ।
प्रहरीले हत्या आरोपमा रन्जनाका श्रीमान भारतीय नागरिक जोगवनी भेडयारीका २५ वर्षीय भीम बहरदार सहनीसहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनी बहरदार, अर्जुन बहरदार र छिमिकी शिवानन्द मुखिया रहेका छन् ।
कुटपिट पछि हत्या भएको प्राराम्भिक चरणको अनुसन्धानबाट देखिएकोले विस्तृत रूपमा अनुसन्धान भइरहेको जोवनी प्रहरीले जनाएको छ ।

khola bhata sab nikaldai
रन्जनाको हत्या उनकै श्रीमान्सहितको परिवारका सदस्यहरूले तिलक स्वरुप पसल गर्ने बहनामा २ लाख रुपैयाँ नदिदा हत्या गरेको माइती पक्षको भनाई छ । रन्जनलाई बारम्बार दाईजोको निउमा श्रीमान भीमको परिवारले यताना दिने गरेको हजुरबुवा उमालाल सहनीले बताए । रन्जनाको ८ महिना अगाडी गत फागुन २३ गते जोगवनी भेडयारीका भीम बहरदार सहनीसँग मागि विवाह भएको थियो । रन्जनालाई कुटपिट गरि हत्या गरेपछि घरदेखि करिब १ किलोमिटर नजिक रहेको परमान खोलामा लगेर फालिदिएका बताइएको छ । शनिबार छोरी हराएको खबर पाए पछि माइती पक्ष जोगवनीको भेडयारी पुगेका थिए । माइती पक्ष छोरीको घर पुग्दा कोही भेटिएन । दिनभरी खोजविन गर्दा पनि छोरी नभेटिएपछि आइतबार विहान स्थानिय बालवालिकाले खोलामा शव देखेका थिए । परमान खोलाबाट रन्जनाको शव झिकेपछि जोगवनी प्रहरीले शवको पोष्माटम गर्न आइतबार दिउँसो फारबिजगन्ज लगेको छ ।

sab nikaldai 2 copy 20191013_114814(0)