विजयपुर । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित तथा घाइतेका लागि विश्वकर्मा कल्याण सेवा समिति धरानले एक लाख आठ हजार एक सय सहयोग गरेको छ ।
बाढीपीडितको राहत तथा घाइतेको उपचारमा सहयोगका लागि समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको हो । समितिका महासचिव बलिन्द्र बराइलीका अनुसार बुधबार रकम कोषमा पठाइएको हो । समितिले बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको राहत तथा उद्धारमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरेको छ ।