IMG_0484रविन भट्टराई,  ताप्लेजुङ /ताप्लेजुङको सावादिनIMG_0514 गाविसमा गएराति गएको पहिरोले तमोर नदी थुनिएर नदी तालमा परीणत भई धार परिवर्तन हुँदा नदी किनारमा रहेका दुईवटा वटा बजार सहित एक बस्ति जोखिममा परेका छन् ।IMG_0512 नदी थुनिएर करीव ६ सय मिटर लम्बाई र २ सय मिटर चौडाईमा पानी जमि धार परीवर्तन भई बगेपछि खोक्लिङ गाविसको थुम्बा बेसीको बस्ति IMG_0474सहित तमोर नदी किनारमा रहेका हान्द्रुङ र दोभान बजार पनि जोखिममा परेको हो । नदि थुनिए जोखिममा रहेको नजिकैको मितलुङ बजार भने पानीले धार परीवर्तन भई बग्न थालेकाले जोखिममा IMG_0436नरहेको प्रहरीले बताएको छ ।

गए राति तमोर नदीको सावादिन गाविसको नाIMG_0431क्ला भीरबाट पहिरो आएपछि तमोर नदी केIMG_0419हि समय थुनिएको थियो । अहिले नदीको धार परिवर्तन भई बग्न सुरु भए पनि थुनिएको भाग पूर्ण रुपमा नखुलेकाले तमोर नदि किनारमा रहेको थुम्बा बेसीको बस्थि सहित केहि किलोमिटर तल नदी किनारमा रहेको दोभान र हान्द्रुङ बजार पनि जोखिममा रहेकोे छ ।      IMG_0389

विहान मितलुुङ बजारका स्थानीय बजार छाडेर सुरक्षिIMG_0375त स्थानतर्फ सरे पनि अहिले पानीको सतह घटे सँगै घर फर्किएका छन् भने दोभान र हान्दु्रङका स्थानियलाई पनि सचेत भएर बस्न आग्रह गरिएको ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले बताए ।IMG_0371 नदि थुनिएपछि सावादिन गाविस १ का जिवन लबुङको एक घर डुवाएको छ भने एक हल गोरु र घरमा भएका सरसामान बगाएको जिल्ला प्रहरी कार्IMG_0514यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख शैलेन्द्र कुमार यादबले बताए । घरमा राति मानिस नभएकाले मानविय क्षति भने नभएको प्रहरीको भनाई छ । नदि बढे पछि नदि आसपासको धानयोग्य जमिन सबै पुरेको छ ।

नदि थुनिएपछि सदरमुकामबाट नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरी पुगे पनि नदि खुलाउने सम्भावना नरहेकाले नदि हेरेर बसेका छन् ।