माछामा आत्मनिर्भर बनाउने उद्देश्यले सो रकम जिल्लाका सात किसानलाई वितरण गरिएको छ । उनीहरुलाई प्रतिहेक्टर रु तीन लाखका दरले अनुदान प्रदान गरेको कार्यालय प्रमुख मेघनाथ तिम्सिनाले जानकारी दिनुभयो । अनुदान लिने किसान पृथ्वीनगर, गरामनी, गौरीगन्ज, तोपगाछी, बैगुनधारा, गौरादह बनियाँनीलगायतका रहेका छन् ।
अनुदान लिने किसानले सहकारीको माध्यामबाट र व्यक्ति प्रयासमा माछापालन गरिरहेका छन् । जिल्लामा रहु, नैनी, मागुर, सिल्भर कार्प, बिगहेड कार्प, कमन कार्प, ग्रास कार्प जातका माछापालन हुने गरेको छ ।
मत्स्यपालक किसानलाई अनुदान
काँकडभिट्टा (झापा)/ जिल्ला कृषि विकास कार्यालयले गत आवमा मत्स्यपालन कार्यक्रमअन्तर्गत रु २१ लाख अनुदान रकम वितरण गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























