धरान/ धरानकी एक महिलाले गैरकानुनीरुपमा विभिन्न बाटो प्रयोग गरेर दश वर्ष अघिदेखि युवतीहरुलाई कुवेत र इराक पठाउँदै आएको पाइएको छ । धरान–३ स्थायी घर भएकी रीना प्रधानले भारतीय बाटोहुँदै दुबई र श्रीलङ्कामा ट्रान्जिट गराएर इराक र कुवेत पठाउने गरेको पाइएको हो ।इराक जान हिँडेकी एक महिलालाई ४२ दिन श्रीलङ्कामा राखिएपनि पौरखी नेपालको सहयोगमा उनी फर्किएपछि रीनाको गैरकानुनी धन्दा पर्दाफास भएको हो ।

पौरखी नेपाल सुरक्षित वैदेशिक रोजगारीमा फसेका महिलाहरुको हक अधिकारको लागि काम गर्ने संस्था हो । ती महिला रीनामार्पmत् नै यसअघि कुवेतमा दुईपटक बसेर फर्किएकी थिइन् । उनी एकपटक साढे ४ वर्ष र अर्को पटक साढे २ वर्ष कुवेतमा बसेर फर्किएकी थिइन् । त्यो बेला पनि ट्रेनमार्पmत् दिल्लीबाट दुबईहुँदै कुवेत पुगेको पीडित सरस्वतीकुमारी साहु आचार्यले बताइन् ।
त्यो बेलामा उनी ३८ दिन दिल्लीमा बसेर कुवेत पुगेकी थिइन् । दोस्रो पटक काठमाडौंकै बाटो भएर दुबईहुँदै दिल्ली पुगेकी थिइन् । एजेन्टको रुपमा कार्यरत् रीनाले १० वर्षदेखि ‘इलिगल’ रुपमै मान्छेहरु पठाउँदै आएको उनले स्वीकारेकी छिन् । उनले भने अनुसार दिल्लीमा अर्को एजेन्ट हुने र त्यो एजेन्टमार्पmत् दुबई र श्रीलङ्कामार्पmत् सम्बन्धित देशहरुमा समेत एजेन्ट हुने गरेका छन् । रीनाको लागि दिल्लीमा रणबहादुर थेवे र दयाराम भन्ने व्यक्तिले काम गर्छन् । यस्तै इराकको सुलेमानीमा पनि एजेन्ट छन् । उक्त एजेन्टले प्रतिव्यक्ति दुई हजार डलर पठाउने गरेका छन् । सोही खर्चमा रीनाले यताबाट मान्छे पठाउने गरेकी हुन् ।
रीनाका अनुसार आप्mनै बहिनीले समेत यो धन्दामा सहयोग गर्छिन् । हाल उनी इराकमै छन् । बहिनीलाई पनि उनैले पठाएकी हुन् । केही वर्ष हाउस मेडमा काम गरेपनि हाल उनी त्यहीको स्थानीय एजेन्टको रुपमा कार्यरत् रहेको रीना स्वयम् स्वीकार्छिन् । ‘बहिनीले पनि मलाई यसमा सहयोग गर्ने गरेकी छ’, उनी भन्छिन् । रीनाले उताबाट पठाएको रकममा १०÷२० हजार रुपैयाँमात्रै जोगिने गरेको बताइन् । अन्य रकम जो जान्छ, उनीहरुमै खर्च हुने गरेको उनले बताइन् । यताबाट उनले काँकडभिट्टाको नाकाबाट ट्रेनमार्पmत् दिल्ली पठाउने र दिल्लीमा रहेको एजेन्टले कोठामा पु¥याउने गरेका छन् । यसबापत रकम उनीहरुले बाँडेर खाने गरेका छन् । इराकको सुलेमान भन्ने स्थानमा पु¥याउनको लागि साहुलाई असार ५ गते काठमाडौंबाट काँकडभिट्टा पु¥याइएको थियो । ६ गते काँकडभिट्टामा ओर्लिएकी उनी त्यहाँबाट १० गते दिल्ली पुगेकी थिइन् ।
लगत्तै ११ गते श्रीलङ्का उडाइएको थियो । श्रीलङ्कामा उनीसहित ६ जना पुगेका थिए । तर, लगत्तै एकजनालाई कुवेत लगियो भने चारजनालाई केही समयपछि सुलेमानको लागि दुबई हुँदै पु¥याइएको पीडित सरस्वती बताउँछिन् । ४२ दिन पुग्दासम्म आपूmलाई नउडाएपछि पौरखी नेपालको सदस्यलाई चिनेको आधारमा फोन गरेको बताइन् । पौरखीका सदस्य चन्द्रकला राईलाई साउन १८ गते फोन आएपछि सरस्वतीलाई झिकाउने प्रयास भएको पौरखी सुनसरीकी सचिव शारदा मास्के बताउँछिन् ।
सचिव मास्केले पीडितको बयान अनुसार मानव बेचबिखननै गरेको देखिएकाले रीनालाई सोही अनुसार पीडितले नै मुद्दा हाल्ने तयारी भइरहेको बताइन् । पीडित सोमबार राति मात्रै धरान आइपुगेकी हुन् । उनको एउटा बच्चा छ । हाल रीनालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालेको छ । रीनाले यसअघि २०६४ सालमा पनि मोरङ सलकपुरकी एक महिलालाई विदेश पठाएकी थिइन् । ती महिला एचआईभी सङ्क्रमणको शिकार हुन पुगिन् । त्यो बेला ती महिलालाई डेढ लाख रुपैयाँ दिएर मुद्दा मिलाइएको थियो । सो घटनासमेत पौरखी नेपालमा आइपुगेको सचिव मास्केले बताइन् । त्यो बेलामा रीना दिल्लीमा थिइन् ।
यस घटनालाई लिएर प्रहरीको माथिल्लो निकायबाट दबाव आएको बुझिएको छ । रीनाका पति प्रहरीमै कार्यरत् रहेकाले पनि नियन्त्रणमा लिएलगत्तै प्रहरीबाट दबाव आएको पौरखीका सदस्यहरुले बताएका छन् । प्रहरीले यस घटनाको बारेमा प्रष्टसँग बोल्नसमेत मानिरहेको छैन । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्रप्रसाद खतिवडालाई यसबारेमा बुभ्mदा आपूmले डिटेलमा बुझेर मात्रै भन्न सकिने बताएका छन् ।