ताप्लेजुङ/ताप्लेजुङको खोक्लिङमा एक घरमा आगलागि हुँदा ६ लाख बराबरको क्षति भएको छ । खोक्लिङ ३ स्थित सन्तोष साम्मेखामको घरमा मंगलबार दिउँसो करीव दुई बजे अचानक अचानक आगलागी हुँदा उनकोे घर, नगद ८० हजार रूपैया, दुई तोला सुन जलेका छन । आगोले सन्तोषको १० वटा कुखुरा समेत मरेको प्रहरीले बताएको छ । आगलागी स्थानीयवासीको प्रयासमा करीव तीन बजे नियन्त्रणमा आएको थियो । आगलागिको कारण भने खुल्न सकेको छैन ।
ताप्लेजुङमा एक घरमा आगलागि ६ लाखको क्षति
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































