लागूऔषधसहित दुई पक्राउ
लहान/प्रहरीले आज बिहान सिरहा नगरपालिका– ११ बाट लागू औषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको चन्द्रअयोध्यापुर– ७ निवासी २७ वर्षीय शत्रुघन ठाकुर र ओखलढुङा ज्यामिरे– ५ निवासी २९ वर्षीय लालबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा–चोहर्वा सडक खण्डबाट २९ बोतल कोरेक्स र ९८ पिस नाइट्रोसन ट्याब्लेटसहित दुबै जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































