राजविराज /घरायसी विबादको रिसइवीलाई लिएर सप्तरीमा आफनै काकीले तीन वर्षे वालकको हत्या गरेकी छिन् । पातो गाविस वडा नं. ६ निवासी र्धमदेव मण्डल खंगको तीन वर्षिय छोरा रामअवतार मण्डललाई उनकी काकी उर्मिलादेवी मण्डलले घाँटि निमोठेर हत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घरमा कोहि नभएको मौका पारी उर्मिलाले वालकको हत्या गरेकी हुन् । हत्या गरेर पुरानो सारीमा पोको पारी प्लाष्टिकको वोरामा हालेर घर पछाडि पातपतिंगर राख्ने ठाउँमा वालकको शव फेला परेको एसपी दिवेश लोहनीले जानकारी दिएका छन् । ३ दिनअघि मृतककी आमा चन्द्रिकादेवी खंग र काकी उर्मिलाविच घरायसी विवाद हुँदा उर्मिलाले ‘मारिदिन्छु’ भन्दै धम्कि दिएकी थिईन् । आईतवार विहान मृतकका हजुरवुवा रामदेव ईटाभट्टामा काम गर्न, हजुरआमा विनादेवी घाँस काटन र आमा चन्द्रिका पात टिप्न जंगल गएका वेला उक्त घटना भएको लोहनीले जानकारी दिए । उनका अनुसार मृतकका वावु र काका अशोक मण्डल सिलाई कटाईको काम गर्न एक हप्ता अघि मात्रै भारतको मुम्वई गएका छन् । आईतवार २ वजे चन्द्रिका जंगलवाट घर आउँदा छोराको खोजी गर्दा फेला नपरेपछि साँझ ४ वजे वोरामा शव फेला परेपछि प्रहरीलाई खवर गरेकी थिईन् । प्रहरीले उर्मिलालाई आईतवारै राती पक्राउ गरी सोमवार कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको एसपी लोहनीले वताएका छन् । उनका अनुसार उर्मिलाले अपराध स्वीकार गरिसकेकी छिन् ।