पिक अपको ठक्करबाट महिलाको मृत्यू
इटहरी/इटहरी– धरान सडक खण्ड अन्तरगत इटहरीको हलगडामा सडक दुर्घटनामा एक महिलाको मृत्यू भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार दिउँसो १२ बजेतिर को १ च ९८४२ नम्वरको पिकअप भेनको ठक्करबाट ५२ वर्षीय इटहरी–५ कि प्रेमकुमार ठकुरीको मृत्यू भएको हो ।
सडक पार गर्ने क्रममा ती महिलालाई इटहरीबाट धरान तर्फ जाँदै गरेको पिकअप भेनले ठक्कर दिएको र उनको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । पिक अप भेन र चालक मोरङ लेटाङका दिपक श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको पनि इलाका प्रहरी कार्यालय इटहरी डिएसपी सुवेदीले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































