काँकडभिट्टा / प्रहरीले सर्वसाधारण नागरिकलाई बिनाकारण सास्ती दिएको रहस्य खुलेको छ । दमक इलाका प्रहरी कार्यालयले फरार अभियुक्त भन्दै निर्दोष व्यक्तिलाई दुःख दिने गरेको पाइएको हो ।
वैदेशिक रोजगारसम्बन्धी मुद्दा खेपिरहेका दमक–११ का सतिस साहले सर्वोच्च अदालतबाट मुद्दा जितेको तीन वर्ष बितिसकेपनि झापा जिल्ला अदालतले उनको फुकुवा भएको जग्गाको दस्तुरको लगत कट्टा नगरिदिँदा प्रहरीले उनलाई माघ २५ गते जबर्जस्ती समातेर दुःख दिएको हो । प्रहरीले फरार अभियुक्त भन्दै उनले चलाएको मे. १ प ५४८२ नम्बरको मोटरसाइकलको चाबी खोसेर दमक बजारमा पक्राउ गरेको थियो । साहले २०७० साल वैशाख २२ गते सर्वोच्च अदालतबाट मुद्दा जितेपछि जिल्ला अदालतले झापामा लगत कट्टा गर्न भनी आदेश पठाएपनि जिल्ला अदालतले तीन वर्षसम्म लगत कट्टा गरेको थिएन । उता दमक इलाका प्रहरी कार्यालयले साहलाई पक्राउ गरी उल्टै रिजर्ब गाडी खोज्न लगाएर जिल्ला अदालतमा ल्याएको थियो । यता जिल्ला अदालतले आफ्नो कमजोरी स्वीकारे पनि इप्रका दमकले साहको मोटरसाइकल अहिलेसम्म फिर्ता गरेको छैन ।
इप्रका दमकका डिएसपी राजन लिम्बूले आपूmहरुले साहलाई कुनै दुःख दिन नखोजेको भन्दै जिल्ला अदालतको आज्ञा मानेको बताए । २०६० सालमा दमकका मानकुमार श्रेष्ठ, सोमनाथ रिजाल, विकास बस्नेत र सतिस साहले वैदेशिक रोजगारमा लैजने भनी भारतको गाजियावादका विजेन्द्रकुमार शर्माको १४ लाख भारु डुबाएका थिए । त्यसपश्चात् सोही समूहका मानकुमार श्रेष्ठले आपूmलाई डुबाएको भनी सतिस साहविरुद्ध मुद्दा हालेपनि जिल्ला अदालत र सर्वोच्च अदालतबाट सतिसले मुद्दा जितेका थिए । सर्वोच्च अदालतबाट मुद्दा जितेको तीन वर्षपछि एक्कासी प्रहरीले समात्दा सबै फाइल देखाउँदा पनि प्रहरीले आफ्नो कुरा केही सुन्न नचाहेको पीडित सतिसले बताए । सतिसलाई गाडी रिजर्ब गर्न लगाएर इलाकाका सई वीरेन्द्र कोइरालाले जिल्ला अदालत पु¥याएका थिए । जिल्ला अदालतले यो सामान्य कुरा भएको हुँदा बाहिर नल्याउन आग्रह गरेको उनले बताए । उल्टै अदालतले सतिसको नाममा रोक्का रहेको जग्गाको जरिवाना बापतको २३ हजार ७५ रुपैयाँको लगत कट्टाको पत्र सर्वोच्चले पठाएको तर सामान्य गल्ती भएको बताएको छ । पीडित साहले आपूmलाई प्रहरीले बिनाकारण खर्च गराएको र गाडी फिर्ता नगरेको हुँदा यस विषयमा चासो देखाइदिन सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
महेन्द्रनगर प्रहरी प्रमुखको मनपरी
महेन्द्रनगर/ सुनसरीको महेन्द्रनगर इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर दुर्गा अधिकारी इलाकामा आएको दुई महिना बितिसक्दा समेत उनको क्षेत्राधिकारभित्र रहेका भरौल, महेन्द्रनगर र बराहक्षेत्र चतराका स्थानीयसँग जनमैत्री बन्न नसकेको गुनासो आउन थालेको छ ।
महेन्द्रनगर इलाकामा सरूवा भएर आएलगत्तै अन्तत्र्रिmया कार्यक्रम आयोजना गरेका अधिकारीले महिला हिंसाविरूद्ध पहिलो प्राथमिकता दिनेछु भनेर प्रतिबद्धता गरेका थिए । बराहक्षेत्र चतरा समेत उनकै क्षेत्र भएकोले अन्तत्र्रिmया कार्यक्रम जारी राख्दै आÏनो मुख्य तीन मूल मन्त्र भनी महिला हिंसाविरुद्धका साथै दुव्र्यसनीहरूप्रति केन्द्रित रही ‘कि महेन्द्रनगर छोड कि दुव्र्यसन छोड’ र गुण्डागर्दी निरुत्साहित गर्न ‘जहाँ दुर्गा हुन्छ त्यहा गुण्डा हँुदैन’ उद्घोष गरेका थिए ।
जनतासमक्ष सधैं कडा शैलीमा देखिने अधिकारी गत माघ २० गते बराहक्षेत्रको चतरामा प्रहरी नियमविरुद्ध चलेको प्रमाण उनी आपैंmले देखाए । बहुविवाहको मुद्दा खेपिरहेका बराहक्षेत्र–४ बयरवनका पुष्प बस्नेतकी जेठी श्रीमती ममता कार्की अदालतको आदेशअनुसार बस्नेतको घरमा छिर्न स्टे–अर्डर लिएर आएको बखत सुरक्षामा खटिएका बेला बस्नेतको कान्छी श्रीमती अञ्जना बस्नेतलाई धम्क्याएका थिए । उनले आपूm प्रहरीबाट नै हिंसा भएको गुनासो गरेकी छन् । अञ्जनाका अनुसार इन्स्पेक्टर दुर्गाले फिल्मी शैलीमा ‘कुनै केटा पाइनस् र यो केटासँग बिहे गरेर आएको’ भन्दै हप्काएका थिए । उनले भनिन्, ‘बुझ्दै नबुझी यसरी बोल्ने प्रहरी मैले पहिलोपल्ट देखेकी हँु, कुरै नबुझी उनले मलाई टर्चर दिए ।’
स्थानीयका अनुसार बस्नेतले विवाह गरेरै कान्छी श्रीमती ल्याएका हुन् । मागी विवाह भएकोले पतिको जेठी श्रीमती भए÷नभएको आपूmलाई थाहा नभएको अञ्जनाले बताएकी छन् ।
इन्स्पेक्टर अधिकारी महेन्द्रनगरमा प्रमुख भएर आएपछि शान्ति सुरक्षा हुनेभन्दा पनि स्थानीयवासी त्रासमा बसेका छन् । अधिकारीले सरकारी तलबमा काम गरिरहेको सिपाही दिनेश बस्नेतलाई आफ्नो घरमा लगेर करीब २० दिन निजी काममा खटाएको समेत खुलेको छ । उनले बस्नेतलाई विराटनगरस्थित आÏनो घरको काममा लगाएका थिए । ती सिपाहीको खोजी हुन थालेपछि हाल भने कार्यालयमा बोलाएका छन् । नियमअनुसार कार्यालयमा कार्यरत् कर्मचारीलाई प्रहरी प्रमुखले आपूm घर जाँदा आउँदा लैजान÷ल्याउन पाएपनि घरमा राख्न नमिल्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पोखरेले बताएका छन् । घरको काम लगाइएको पाइए कारवाही हुने उनले बताए ।
प्रहरीले बरामद गरेको मोटरसाइकल समेत इप्रका महेन्द्रनगरमा दुरुपयोग हुने गरेको छ । महेन्द्रनगर–४ क्याम्पा चौरी जङ्गलमा बेवारिसे अवस्थामा भेटिएको को. १८ प ९६५९ नम्बरको मोटरसाइकल यातायातमा बुझाउनुको साटो व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने गरेको छ ।
यता इन्स्पेक्टर अधिकारीले उनीमाथि लागेको आरोप गलत भएको बताए । बिदामा गएको सिपाहीबारे गलत प्रचार गरेको बताउँदै आपूmले कसैलाई व्यक्तिगत काममा नलगाएको उनले दाबी गरेका छन् । चोरीको मोटरसाइकल प्रयोगबारे थाहा नभएको उनले बताए ।
महेन्द्रनगरबाट विजय राई/बिमला घिमिरे, काँकडभिट्टाबाट खगेन्द्र घिमिरे