धरान/मधुमेह, उच्चरक्तचाप, मृगौला, मुटुरोग (केएचडिसी) सम्बन्धी खोजपड्ताल एमव् निःशुल्क चाँज तथा परामर्श केन्द्रको मङ्गलबार उद्घाटन गरिएको छ । केएचडिसीका संस्थापक एवं बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका विभागीय प्रमुख प्रा.डा. सञ्जिव शर्माले पूरानो अस्पतालमा खोलिएको केन्द्रको उद्घाटन गरे । केन्द्रको लागि घनश्याम स्मृति प्रतिष्ठानले १५ लाख ६५ हजार रुपैया बराबरको ल्याव उपकरणको लागि सामग्री प्रदान गरेको छ । केएचडिसीलाई सफल पार्नको लागि सत्यसाई केन्द्र, अञ्जना अग्रवाल स्मृति प्रतिष्ठान, शिवकुमार राई, तीर्थ गुरागाई, जनसेवक भण्डारीलेसमेत आर्थिक सहयोग गरेका छन् । उद्घाटनको क्रममा राई, गुरागाई र भण्डारीले जनही १–१ लाख रुपैया आर्थिक सहयोग गरेका छन् । केएचडिसी २००३ मा स्थापना गरिएको हो । केएचडिसीको मूख्य उद्देश्य नै रोग लाग्ने नदिने रहेको संस्थापक डा. शर्माले बताए । मधुमेह, मृगौला, मुटुरोग भुषको आगो जस्तै भएकाले यो रोगहरुलाई रोक्नको लागि केएचडिसीले भूमिका खेल्ने उनले बताए । केन्द्रमा डाक्टर राख्ने सोच राखेको उनले बताए । घनश्याम स्मृति प्रतिष्ठानका रजत अग्रवालले बुबाको नाममा खोलेको प्रतिष्ठानले सबैलाई सेवा दिने अभिप्राय रहेको बताए । उद्घाटन पछि विभिन्न मानिसहरुको निःशुल्क स्वास्थ्य जाँचसमेत गरिएको थियो ।