शनिश्चरे (मोरङ) मोरङको पथरीशनिश्चरे १ स्थित न्यू पेगोडा बोर्डिङको रजत महोत्सवका अवसरमा शिक्षासेवी, समाजसेवी, पत्रकार सहित २५ जनालाई सम्मानित शुक्रबार सम्मान गरिएको छ ।
०४८ सालमा स्थापित सो बोर्डिङले नगर क्षेत्रमा रहेर पत्रकारिता, कलाकारिता र साहित्यको क्षेत्रमा २ दशक अघिदेखि राष्ट्यिस्तरमै योगदान पुर्याएको भन्दै ब्लाष्ट सहकर्मी भूपेन्द्र तिम्सिनालाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको छ ।त्यस्तै, सांसाद चण्डीप्रसाद राई र प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई सहितले पत्रकार सन्तोष राई, शिक्षासेवी हरिप्रसाद गड्तौला, भूवनेश्वर पोखरेलका साथै समाजसेवी, विद्यालयका शिक्षक र कर्मचारी गरी २५ जनालाई सम्मानित गरेका छन् । ४ दिने महोत्सवको अवसरमा १० टिमबीचको भलिबलमा न्यू पेगोडा, बाल्मिकी र रेडस्टार बोर्डिङ क्रमश, पहिलो, दोस्रो र तेस्रो भए । १२ विद्यालयबीचको हाजिरीजवाफमा न्यू पेगोडा, बाल जागरण र भूपु सैनिक विद्यालय क्रमश, पहिलो, दोस्रो र तेस्रो भए ।
विद्यालयका उत्कृष्ठ विद्यार्थीलाई समेत पुरस्कृत गरिएको कार्यक्रममा, विशिष्ट लोकगायक एलपी जोशी, गायिका अञ्जु गौतम र साहित्यकार एवम् हाँस्यकलाकार धनकुटे कान्छाका साथै विद्यालयका विद्यार्थीको समेत प्रस्तुति रहेको थियो ।