विजयपुर/धरान स्थित पिण्डेश्वर बिद्यापिठमा अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) र नेपाल विद्यार्थी सघले स्वतन्त्र बिद्यार्थी युनियन (स्वबियु) निर्बाचन कार्यालय ताडफोड र आगजनी गरेका छन् ।

नेबि सघंका क्यामपस पिण्डेश्वर क्यामपस सभापती पुस्प पराजुलीले षडयन्त्र पुर्वक स्वबियु निर्बाचन भाड्न खोजीएको भन्दै प्रतिकार स्वरुप सामान्य तोडफोड गरेर निर्बाचन अधिकृतको कार्यालयमा रहेको उमेद्धारी दर्ताको कागजपत्र च्यातिदिएको स्वीकार गरे । उनले निर्बाचन आयोगकै परामर्शमा मञ्च मार्फत उमेद्धारी दिएको बताएका छन् ।

अखिल क्रान्तिकारीका क्यामपस कमिटी अध्यक्ष रबिन गुरागाईलेपनि आफुहरुले तोडफोड र आगजनी गरेको स्वीकार गरेका छन् ।क्रातिकारी र नेबि सघंको स्वतन्त्र बिद्यार्थी मञ्च मार्फत निर्बाचनकालागि उमेद्धारी दर्ता गराएका थिए । तर दर्ता नै नभएको संगठनबाट उमेद्धारी परेको भन्दै अनेरास्वबियुले आईतबार निर्बाचन अधिकृतको कार्यालयमा दाबि बिरोध गरेको थियो ।

स्वबियु निर्बाचनमा भाग लिन अनेरास्वबीयु,नेपाल बिद्यार्थी सघं र अखिल क्रान्तिकारीले मात्र संगठन गर्दा गराएको निर्बाचन अधिकृत तोयाराज कोइरालाले बताए ।स्वबियु निर्बाचनमा भाग लिन तिन वटा संगठन दर्ता भएका हुन तर नेबि सघं र क्रान्तिकारीले सयुक्त बिद्यार्थी मञ्चको नामबाट उमेद्धारी दिए पनि बिबाद सुरु भएको बताए ।

दर्ता नभएको संगठनले चुनाबमा भाग लिन पाउदैन अधिकृत कोइरालाले भने तर मनोनयन दर्ता हुनु केहि घण्टा अघिमात्र संगठन दर्ताको निबेदन दिएको र मनोनयन गरेका कारण सहमती निर्माण गरि अघि बढ्न खोजीएको बताए । स्वबियु निर्बाचन आचारसंहितामा भने संगठन दर्ता र उमेद्धारी मनोनयन एकैदिन गर्न नपाईने उल्लेख छ ।

अनेरास्वबियुले भने स्वतन्त्र बिद्यार्थी मञ्चको नाममा नेबि सघं र अखिल क्रान्तिकारीले दिएको उमेद्धारी बैधानिक नभएको भन्दै आफुहरुको उमेद्धारलाई निर्बिरोध बिजयी भएको घोषण गर्न माग गरेको छ ।नेबि सघं र क्रान्तिकारीले तोडफोड र आगजनी गरेपछि कोण सभा गर्दै अनेरास्वबियुले बैधानिक प्रकृया र आचारसंहिता भित्र रहेर निर्बाचन गराउन माग गरेको छ ।कोण सभामा नै अनेरास्वबियुले आफ्ना उमेद्धार निलमणी रिजाललाई स्वबियु सभापती घोषणा गरेको छ ।

हामीले निर्बाचन होस भन्ने चहेका हौं, तर स्वबियु निर्बाचनमा दुई संगठन मिल्दापनि हार्ने अबस्था आएपछि चुनाब भाड्ने ,तोडफोड र आगजनी गर्ने कार्य भएको छ यसलाई हामीले अजारजकतको नमुनाको रुपमा लिएका छौं । अनेरास्वबियुका क्यापस कमिटी अध्यक्ष खेमराज दाहालले भने ।अनेरास्वबियुका पुर्व अध्यक्ष निरज आचार्यले भेन अब रोकिएको प्रकृयाबाट समानुपातीकको निर्बाचन गराउन माग गरेको बताए । अनेरास्वबियुले आईतबारनै क्यामपस प्रमुख सह प्राध्यापक डा चन्द्रमणी नेपाललाई ज्ञापन पत्र बुझाउदै रोकिएको प्रकृयाबाट समानुपातीको निर्बाचन गराउन माग गरेको छ ।

निर्बाचन गराउन नसक्ने भए पदबाट राजीनामा दिन क्यामपस प्रमुखलाई हामीले आग्रहपनि गरेका छौ आचार्यले भने लोकतान्त्रीक प्रकृयालाई लत्याएर अबैधानिक कार्य भई रहन्छ भने हामी हेरेर मात्र बस्ने वाला छैनौं । क्यामपस प्रमुख डा. नेपालले क्यामपसका रहेका सबै बिद्यार्थीै संगठनमा मातृपार्टिसँग छफफल गरेर आएको सुझाब अनुसार निर्णय लिने बताए ।

यसैबिच पिण्डेश्वर क्यामपसका निर्बाचन अधिकृत तोयाराज कोइरालाले राजीनामा दिएका छन् । अधिकृत कोइरालाले राजीनामा दिएपछि निर्बाचन आयोग बिगठन भएको छ । निर्बाचन अधिकृत कोइरालाले निर्बाचन गराउन सहमती नजुटेका कारण आफुले राजीनामा दिएको उनले बताए ।