[caption id="attachment_31618" align="alignleft" width="473"] प्रतियोगिताको उद्घाटन गर्दै ब्लाष्ट टाईम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्कि ।[/caption]

विजयपुर/दन्तकाली एफएम धरानले आफ्नो ९ औ बार्षिक उत्सबमा आयोजना गरेको अन्तरकलेज स्थरीय वक्तृत्वकला प्रतियोगिता सोमबार सम्पन्न भएको छ । धरान–१५ स्थित पुर्वाञ्चल ज्ञानचक्षु बिद्यालयको हलमा सम्पन्न कार्यक्रममा धरानका १५ वटा कलेजका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

‘संबिधान कार्यान्वयन र चुनौती’ बिषयक प्रतियोगितामा कौशिकी क्यामपस धरान ४ का बिद्यार्थी रमेश प्रसाई प्रथम भएका छन् । प्रतियोगितामा शैनिक आवाशीय महाबिद्यालय धरानका आमोस खनाल दोश्रो र पब्लिक उच्च माबि धरानका रमेश शाह तृतिय भएका छन् । केन्द्रिय प्रबिधि क्यामपस हात्तिसारका अनोज कार्कि सान्तावना भएका छन् ।

प्रथम ,दोश्रो,तेश्रो र सान्तवना स्थान हासिल गर्नेलाई क्रमश सात हजार,पाँच हजार,तिन हजार र एक हजार रुपैया नगद पुरस्कार,प्रमाणपत्र र ट्रफि प्रदान गरिएको थियो ।प्रतियोगितामा महेन्द्र बहुमुखि क्यामपस धरानका उपप्राध्यापक हरिप्रसाद दाहाल र अधिबक्ता पदमप्रसाद लिम्बु निर्णयक थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा ब्लाष्ट टाईम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमरा कार्किले आजका बिद्यार्थीहरुनै भोली देशका नेतृत्वकर्ता भएको बताउदै बिद्यार्थीहरु बिच भएको बक्तृत्व निकै प्रभाबकारी भएको बताए ।

बिद्यार्थीहरुमा पाढ्यपुस्तक बाहेको अतिरिक्त ज्ञानपनि उत्तिकै आबश्य रहेको भन्दै उनले बिद्यार्थीहरुले समाज र राष्ट्रका हरेक बिषयमा आफ्नो धारण बनाउन सक्ने हुनु पर्ने बताए ।एफएमका अध्यक्ष हिन्दुहाङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रको सञ्चालन कार्यक्रमका संयोजक तथा दन्तकाली एफएमका समाचार प्रमुख तिर्थ कार्किले गरेका थिए