वि.सं. २०७३ साल फागुन २१ गते। शनिवार। इश्वी सन् २०१७ मार्च ४ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– षष्ठी, १०:३२ बजेउप्रान्त सप्तमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आँट गर्न नसक्दा पछि परिएला। अरूका लागि समय खर्चनुपर्ने स्थिति आउन सक्छ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। चुनौती देखिए पनि मध्याह्नदेखि सकारात्मक नतिजा प्राप्त होला। कर्मयोग बलियो रहनेछ। पदीय जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम र दाम हातलागी हुनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुनेछ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मध्याह्नपछि स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। समय निकै संघर्षपूर्ण रहनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) आजको बिहानी रमाइलो हुनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै होला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। श्रमको मूल्य थोरै मात्र प्राप्त होला। अप्ठ्यारो पर्दा शुभचिन्तकहरूको साथ जुटाउनुहोला। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) मिहिनेत गर्दा अवसर प्राप्त हुनुका साथै आर्थिक स्थितिमा सुधार आउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। जिम्मेवारी भने बढ्नेछन्। हिम्मतले काम बनाउन सकिनेछ। मध्याह्नदेखि सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटमा सहभागी भइनेछ।प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त होला। आफन्तले उत्साह जगाउनेछन्। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) हल्लाको भर पर्दा दु:ख पाइएला। काममा बाधा पुर्याउनेहरूले सताउन सक्छन्। तापनि मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। मध्याह्नदेखि बाधाहरू स्वत: हट्नेछन् भने आफनो क्षेत्रमा अधिकार जमाउन सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ। मध्याह्नदेखि अस्वस्थताले कमजोरी अनुभव हुनेछ। काममा ढिलासुस्ती होला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा मनग्य लाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। छोटो समयमा उपलब्धि हात पार्न सकिनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। बेसुरमा वचन दिने बानीले दु:ख पाइनेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। परिस्थितिले अलि निराश तुल्याउन सक्छ। तापनि खिन्न मनले कृत्रिम मुस्कान छर्न बाध्य भइनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। मध्याह्नदेखि रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) अवसरले दैनिकीमा परिवर्तन ल्याउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। मध्याह्नदेखि ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। बलजफ्ती गर्ने बानीले हानि हुन सक्छ। अरूको विषयमा चासो लिँदा समस्या उत्पन्न हुनेछ। समयमा काम सम्पादन नहुँदा चिताएको फाइदा उठाउन नसकिएला। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) परिवारजनबाट टाढिनुपर्ला। आर्थिक अभावले सताउन सक्छ। आकस्मिक समस्याले खर्च गराउला। नहुने काममा बलजफ्ती गर्दा थप समस्या उत्पन्न हुनेछ। तापनि शुभचिन्तकहरूले साथ दिनाले मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त होला। आफन्तसँगको भेटघाटले मन रमाउनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। ऋणमोचन हुने सम्भावना छ। मध्याह्नदेखि अर्थ संग्रहमा बाधा पुग्नेछ। र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिने सम्भावना छ। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। भेटघाटले काममा उत्साह बढाउला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशील रहँदा मध्याह्नदेखि आम्दानी बढ्नेछ। तर, लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। (नेपाली पात्रो)