विजयपुर /बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति राजकुमार (आरके) रौनियारले आईतबारबाट आफ्नो कार्यभार सम्हालेका छन् ।
प्रतिष्ठानलाई एसियाकै नमूना स्वास्थ्य केन्द्र बनाउने आफ्नो उदेश्य रहेको बताउदै उनले , ‘प्रतिष्ठानको स्वास्थ्य सेवा, शिक्षा, प्रशासन लगायतका कुरालाई चुस्त र पारदर्शी बनाउन लागिपर्ने बताए ।
रौनियार यसअघि प्रतिष्ठानकै रेडियोलोजी विभागका प्रमुख थिए। प्रतिष्ठान प्रशासनलाई असहयोग गरेको भन्दै यस अघिका उपकुलपती प्राडा बिपी दाशले उनलाई रेडियोलोजी बिभागको बिभागीय प्रमु्खबाट हटाएका थिए ।