काठमाडौ / मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ । साथै उसले दुइ दिने आन्दोलनको पनि घोषणा गरेको छ ।
सप्तरीको राजविराजमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएलगतै मधेसी मोर्चाको आकस्मिक बैठक बसेको थियो ।
संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको आकमिस्क बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । भोलि संसद सचिवालयमा लिखित रुपमा नै जानकारी गराउने उसको निर्णय छ ।
मधेसी मोर्चाले सप्तरी घटनाको विरोधमा भोलि र पर्सि मधेसमा बन्द अर्ने निर्णय समेत गरेको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने मधेसी मोर्चाको निर्णय
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































