विविध कारणले खुट्टा गुमाएका व्यक्तिहरूका लागि चौधरी ग्रुपले नेपालमै कृतिम खुट्टा उत्पादन गरी निशुल्क वितरण गर्ने भएको छ।
चौधरी फाउन्डेसनले भारतको जयपुरस्थित विश्वप्रसिद्ध भगवान महावीर विकलांग समिति (जयपुर फुट) सँगको संयुक्त पहलमा कृतिम खुट्टा उपलब्ध गराउने भएको हो।
कृतिम खुट्टाको उत्पादन र न्यूनतम् शुल्कमा विश्व बजारमा सेवा पुर्याएर अन्तर्राष्ट्रिय ख्याती कमाएको जयपुर फुट र चौधरी फाउन्डेसनबीच नेपालमा कृतिम खुट्टा उत्पादन र वितरण गर्ने समझदारी भएको हो।