वि.सं. २०७३ साल फागुन २९ गते। आइतवार। इश्वी सन् २०१७ मार्च १२ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– पूर्णिमा, १९:५७ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउला। पशु र कृषिबाट सामान्य लाभ हुनेछ। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। आफ्ना योजना तत्काल सार्वजनिक नगर्नुहोला। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। पुरानो समस्याले झमेला निम्त्याउन सक्छ। सहयोगीहरूले हात झिक्नाले पनि काममा विलम्ब हुनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि समयमा गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। मेहनतले बिस्तारै फाइदा दिलाउनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) अधैर्य व्यवहारले समस्या निम्त्याउनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। संकुचित मनस्थितिका व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। बुद्धिको उपयोगले मात्र काम बनाउन सकिनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) सानो त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। लोकाचारका लागि अनिच्छित काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। भेटघाटमा अलमलिनाले काममा बाधा हुने सम्भावना छ। भैपरी आउने समस्या समाधान गर्दैमा समय बित्न सक्छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) केही मात्रामा खर्च बढ्नेछ भने पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। प्रतिस्पर्धामा जुट्नुपरे पनि बुद्धिले काम लिँदा बिस्तारै फाइदा हुनेछ। लगनशीलताले फाइदा दिलाउनेछ। उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना छ। तर तत्काल लाभ उठाउँदा भविष्यमा नोक्सान हुने देखिन्छ। लामो यात्रा गर्ने अवसर प्राप्त हुने समय छ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। विभिन्न भौतिक साधन प्राप्त हुनाले मन प्रसन्न रहनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा मनग्य लाभ उठाउन सकिनेछ। आम्दानी बढ्नुका साथै परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ। साझेदारीमा पनि लाभ हुनेछ। दिगो फाइदाका लागि लगानी बढाउने समय छ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। पदासीन व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्। आफ्नो मेहनतमाथि अरूले दाबी गर्न सक्छन्, सजग रहनुहोला। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। मिहिनेतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुने समय छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुनेछ। विशेष भेटघाटले काममा जग बसाउने अवसर दिलाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। आम्दानी रोकिनाले योजना स्थगन गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) Aquariusमनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्त गर्न पछि परिनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखद रहनेछ। व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) आलस्य गर्ने बानीले समस्या निम्त्याउला। आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। परिश्रमको फलमाथि अरूले दाबी गर्न सक्छन्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। आफ्ना सूचना बाहिरिने हुँदा समस्यामा परिनेछ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। (नेपाली पात्रो)