वि.सं. २०७३ साल चैत १ गते। मंगलवार। इश्वी सन् २०१७ मार्च १४ तारिख। नेपाल संवत् ११३७ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– द्वितीया, २१:०४ बजेउप्रान्त तृतीया।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अपेक्षाअनुसार फाइदा नउठ्न सक्छ। कसैको वचन टाल्न नसक्दा दु:ख पाइनेछ र खर्च पनि हुनेछ। परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काममा सामान्य फाइदा हुनेछ। प्रतिस्पर्धीहरू बढ्नाले समस्या थपिएला। तापनि, लगनशीलताले नयाँ अवसर दिलाउन सक्छ। ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ला। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। आँटले काम लिँदा बिस्तारै फाइदा हुनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सहयोगीहरूले हात झिक्नाले परिस्थिति आफ्नो पक्षमा नरहन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले सताइरहनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। व्यवसायमा अपेक्षित फाइदा नहुन सक्छ। दाजुभाइमा असमझदारी देखापर्न सक्छ। सोखले खर्च गराउने समय भएकाले उठेको आम्दानी सञ्चय गर्न नसकिएला। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम हातपार्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। मेहनतले आत्मविश्वास बढाउनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
केही खर्च भए पनि काममा लगानी बढाउने समय छ। तत्काल उद्देश्य भने पूरा नहुन सक्छ। सोखले खर्च बढाउनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। आफन्तजनबाट टाढिनुपर्ला। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ। तापनि चिताएको काम सम्पादन गर्न सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। मनग्गे धन तथा भौतिक वस्तु लाभ हुने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साइनो गाँस्नेहरूले दु:ख दिन सक्छन्, सजग रहनुहोला। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
श्रमको उच्च मूल्यांकन हुनेछ तर कामको मूल्य कम मात्र पाइएला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्। तापनि श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। लगनशीलताले धेरैको मन जित्न सफल भइनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अनावश्यक भ्रमणमा समय बित्न सक्छ। आर्थिक समस्याले पनि सताउने देखिन्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। स्वास्थ्यमा कमजोरीका साथै उपचारमा खर्च हुने योग छ। घरेलु समस्याले अलमल्याउला। हुलमुलमा धनमाल जोगाउन सचेत रहनुहोला। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा होला। काममा आफन्तबाट सहयोग मिल्नेछ। तर छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा पछि दुःख पाइनेछ। (नेपाली पात्रो)