तेह्रथुम / आठराई गाउ“पालिकास्थित ईवामा रहेको रन्दल आधारभूत विद्यालयले विद्यालयलाई सहयोग गर्ने दाताहरूलाई उनीहरूको घरमै पुगेर सम्मान गरेको छ ।
अक्षयकोष स्थापना गर्ने दाताहरूलाई विद्यालयले उनीहरू बसोबास गरेकै स्थानमा पुगेर सम्मान गरेको हो । विद्यालयले शुरु गरेको अङ्ग्रेजी माध्यमबाट पठनपाठन र कम्प्युटर शिक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्ने अभियानमा सहयोग गरेका ४५ जना दातालाई घरमै पुगेर सम्मान गरेको प्रधानाध्यापक जयप्रकाश इङ्नामले बताए ।
आठराई गाउँपालिका केन्द्र सङ्क्रान्ति बजारका ४५ जना दातालाई घरमै पुगेर सम्मान गरिएको विद्यालयले जनाएको छ । विद्यालयले आर्थिक स्रोत जुटाउन सञ्चालन गरेको अभियानमा ४५ लाख रूपैयाँभन्दा बढी अक्षयकोष सङ्कलन भएको थियो ।