धनकुटा/ नेपाल शिक्षक सङ्घ चौबीसे गाउँपालिकाअन्तर्गत राजारानीमा आइतबार सम्पन्न आठौँ अधिवेशनले ललितबहादुर चेम्जोङलाई अध्यक्षमा सर्वसम्मत रूपले चयन गरेको छ ।
सो अधिवेशनले महिला उपाध्यक्षमा सविना राई, उपाध्यक्षमा चिरञ्जीवि अधिकारी, सचिवमा चेतनाथ आचार्य, सचिव अर्थमा वीरबहादुर वाजी, महिला सहसचिवमा कमला योञ्जन, सहसचिवमा हरिनारायण यादव, सहसचिव अर्थ अर्जुन बराल, उपसचिव अर्थ (महिला) उत्तरकुमारी लिम्बू, समावेशी सहसचिवमा नीरबहादुर मगर र विष्णुप्रसाद चौधरीलाई चयन गरेको छ ।
यसैगरी सदस्यहरूमा निलाराम श्रेष्ठ, युवराज थापा, डेगराज वन, फत्तेबहादुर राई, जसन तामाङ, विद्याप्रसाद घिमिरे, रेमबहादुर थापा, लक्ष्मी दाहाल (राई), संगीता आङ्दम्बे, खोमा बराल, प्रेम खड्का, यमुनेश्वर बराल र वीरेन्द्रकुमार लिम्बू चयन भएका छन् ।
सम्मेलन आयोजक समितिका सहसंयोजक तथा नेपाल शिक्षक सङ्घका धनकुटा जिल्ला सदस्य पूर्ण खुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाल शिक्षक सङ्घकी जिल्ला सदस्य ईश्वरी सुवेदीले सञ्चालन गरेकी थिइन् ।
अधिवेशनको उद्घाटन काङ्ग्रेसका धनकुटा सचिव विजयसन्तोषी राईले गरेका थिए । उद्घाटन कार्यक्रममा शिक्षक सङ्घका धनकुटा अध्यक्ष थिरेन्द्रबहादुर लिम्बू, काङ्ग्रेसमा महासमिति सदस्य ललित चेम्जोङ, दुर्गा सुवेदी, महाधिवेशन प्रतिनिधि रामकुमारी भण्डारी, शिक्षक सङ्घका धनकुटा सचिव धनकुमार राई, अर्थसचिव रोहिणी पाण्डेलगायतले बोलेका थिए ।