नेपाल तामाङ महिला घेदुङ सुनसरी र श्री हिमालय महायान् रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्बाका आङी समूहको संयुक्त आयोजना पूजा सम्पन्न गरिएको हो । धरानमा तीनवर्ष अघिदेखि यस्तो पूजा गरिदै आएको छ । हरेक फागुन पूर्णिमाको दिन मृतकहरुको आत्मा शान्ति र मुक्तिका लागि बौद्धधर्मावलम्वीहरुमा यो पूजा गर्ने परम्परा रही आएको गुम्बाका अध्यक्ष हर्कबाहादुर गोलेले बताए ।
आत्मापूजामा हरेक वर्ष आउने क्रम बढिरहेको महिला घेदुङका सुनसरी अध्यक्ष विष्णु मोक्तानले बताइन् । उनका अनुसार पहिलो वर्ष ३ सयको हाराहारीमा पुगेका थिए भने यो वर्ष सातसय पुगेका थिए । धरानका बौद्धमार्गी समुदायहरुले धरान–८ स्थित बौद्धदाह संस्कार परिसरभित्र निर्माण गरेको छोर्तेन (माने) मा गुम्बाका धर्म गुरु लामा खेम्पो तेन्जिङ वाइवाको नेतृत्वमा पूजापाठ र प्रवचन भएको आङी समूहका अध्यक्ष पूर्णिमाया गोलेले बताइन् ।
गुम्वा वा घरमा बनाईएको पूजा कोठा (छोसेम) मा मृतकका परिवारले आफ्नो परिवारको दिवंगत सदस्यको आत्माको शान्तिको लागि पूजा गर्ने परम्परालाई वृहत रुपले सार्वजानिक स्तरमै पूजाको आयोजना गर्नाले फागु पूर्णिमाको धार्मिक महत्व दर्शाउन र बौद्ध धर्मप्रति चेतना एवम् जागरण फैलाउन ठूलो मद्दत पुगेको नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार तथा पूर्व केन्द्रिय उपाध्यक्ष सुजेन्द्र तामाङले बताए ।
पूजामा धनकुटा, सुनसरी, मोरङ, झापा, उदयुपुर, भाजेपुर, तेह«थुम लगायतको जिल्लावाट तामाङ, गुरुङ, शेर्पा, नेवार, मगर र थारु समुदायहरुको सहभागिता रहेको थियो । धरानमा आत्मा शान्ति पूजा
धरान/मृतकको आत्मा शान्ति पूजा (मानी मोलम) बुधबार सम्पन्न गरिएको छ ।
नेपाल तामाङ महिला घेदुङ सुनसरी र श्री हिमालय महायान् रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्बाका आङी समूहको संयुक्त आयोजना पूजा सम्पन्न गरिएको हो । धरानमा तीनवर्ष अघिदेखि यस्तो पूजा गरिदै आएको छ । हरेक फागुन पूर्णिमाको दिन मृतकहरुको आत्मा शान्ति र मुक्तिका लागि बौद्धधर्मावलम्वीहरुमा यो पूजा गर्ने परम्परा रही आएको गुम्बाका अध्यक्ष हर्कबाहादुर गोलेले बताए ।
आत्मापूजामा हरेक वर्ष आउने क्रम बढिरहेको महिला घेदुङका सुनसरी अध्यक्ष विष्णु मोक्तानले बताइन् । उनका अनुसार पहिलो वर्ष ३ सयको हाराहारीमा पुगेका थिए भने यो वर्ष सातसय पुगेका थिए । धरानका बौद्धमार्गी समुदायहरुले धरान–८ स्थित बौद्धदाह संस्कार परिसरभित्र निर्माण गरेको छोर्तेन (माने) मा गुम्बाका धर्म गुरु लामा खेम्पो तेन्जिङ वाइवाको नेतृत्वमा पूजापाठ र प्रवचन भएको आङी समूहका अध्यक्ष पूर्णिमाया गोलेले बताइन् ।
गुम्वा वा घरमा बनाईएको पूजा कोठा (छोसेम) मा मृतकका परिवारले आफ्नो परिवारको दिवंगत सदस्यको आत्माको शान्तिको लागि पूजा गर्ने परम्परालाई वृहत रुपले सार्वजानिक स्तरमै पूजाको आयोजना गर्नाले फागु पूर्णिमाको धार्मिक महत्व दर्शाउन र बौद्ध धर्मप्रति चेतना एवम् जागरण फैलाउन ठूलो मद्दत पुगेको नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार तथा पूर्व केन्द्रिय उपाध्यक्ष सुजेन्द्र तामाङले बताए ।
पूजामा धनकुटा, सुनसरी, मोरङ, झापा, उदयुपुर, भाजेपुर, तेह«थुम लगायतको जिल्लावाट तामाङ, गुरुङ, शेर्पा, नेवार, मगर र थारु समुदायहरुको सहभागिता रहेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।