वि.सं. २०७३ साल चैत ३ गते। बिहीवार। इश्वी सन् २०१७ मार्च १६ तारिख। नेपाल संवत् ११३७ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– चतुर्थी, २४:०२ बजेउप्रान्त पञ्चमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
चिताएको कामले तीव्र गति लिनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिको रूपमा सत्कार पाइएला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला। भौतिक साधन जुटाउने समय छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
लगनशीलताले बिस्तारै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य अलि कमजोर रहला। व्यवसायमा केही अवरोध आउन सक्छ। ईर्ष्या गर्नेहरूले बाधा पुर्याए पनि सन्तान वा सहयोगीका माध्यमबाट काम सम्पादन गर्न सकिनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। आमाको सहयोगबाट सोचेको काम सम्पादन हुनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कृषि, व्यवसाय तथा पशुपालनमा समस्या बढ्नेछ। पहिलेका सहयोगीहरूले हात झिक्नाले अप्ठ्यारोमा परिनेछ। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। प्रतिकूल सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला, मौकामा राम्रो सहयोग जुट्न सक्छ। दोहोर्याएर प्रयास गर्दा पहिले रोकिएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरूले भने दु:ख देलान्, आफ्ना योजना गोप्य राख्नुहोला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउला। अवसर आए पनि हठात् निर्णय गर्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तर, पहिलेको सफलताले मनोबल बढाउनेछ। अध्ययनमा प्रगति हुनेछ। परिवारजनको साथले पनि उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिएला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियार रहनुहोला। प्रयास गर्दा चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। अर्थअभाव खट्किनाले काममा बाधा आउन सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले सहयोग जुटाउनेछन्।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
जिम्मेवारी प्राप्त भए पनि तत्काल कार्यसम्पादन गर्न नसकिएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको विश्वास जिते पनि आफ्नैले धोका देलान्। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मिहिनेतले बिस्तारै कर्मफल प्राप्त हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्दा न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। तापनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा काममा अवरोध आउन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। तत्काल लाभ नभए पनि मेहनत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। आफू विरुद्धको रहस्य बाहिर आउनेछ। (नेपाली पात्रो)